युरोप, अमेरिका र अष्ट्रेलियामा ‘रामकहानी’


काठमाडौं । नेपालमा प्रदर्शनरत फिल्म ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया, अमेरिकासहित विभिन्न मुलुकमा प्रदर्शन हुन लागेको हो । फिल्मका निर्देशक फिल्मको प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा पनि रिलिज हुनेछ । फिल्म अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुँदैछ ।

फिल्मको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ । डेनमार्कपछि पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा पनि फिल्म देखाइनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि देखाइनेछ ।

‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट फिल्मको डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ फिल्म प्रदर्शन गर्ने तयारीमा छौ ।’ उनले भने । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झालगायतको अभिनय छ ।

SUBSCRIBE 👉