‘दि भ्वाइस अफ नेपाल’का निर्णायक र कार्यक्रम होस्टको सँधै एउटै ड्रेस, किन?


चर्चामा रहेको रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा एकै किसिमको ड्रेस किन लगाईयो भनेर विभिन्न किसिमको चर्चा बजारमा चलिरहेको छ। के साँच्चिकै ‘दि भ्वाइस अफ नेपाल’का निर्णायकहरु र कार्यक्रमका होस्टले खर्च घटाउनका लागि नै एउटै ड्रेस पटक पटक लगाएका हुन् त ? यो प्रश्न हरेक नेपालीले गरिरहेका छन्। यहि विषयमा कार्यक्रमका होस्ट सुशिल नेपालले एउटै ड्रेसको बारेमा मिडियाहरु माझ खुलासा गरेका छन्।

उनले कार्यक्रमको अवधिमा अरु ड्रेस नभएर वा खर्च घटाउन नभई कार्यक्रमको थिम अनुसार नै भएको बताएका छन्। उनका अनुसार ‘दि भ्वाइस अफ नेपाल’ कार्यक्रमको तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनु पर्नेछ। ‘ड्रेसको बारेमा बजारमा धेरै हल्ला आएका छन तर कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको हुँदा गुणस्तर कायम गर्न एउटै किसिमको ड्रेस लगाएका हौं, हामीले अहिलेको ब्लाइण्ड अडिसन राउण्डभर एउटै ड्रेस लगाउने छौं भने यसपछिको ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको ड्रेस लगाउने छौं,’ उनले भने।सुशीलक अनुसार यसको लागि छुट्टै कस्ट्यूम डिजाइनर राखिएको छ र उसले एकै प्रकारको सयौं ड्रेस उपलब्ध गराउँछ। ड्रेस छनौटमा पनि निकै लगानी र मेहनत गरेको उनले जानकारी दिए।

‘दि भ्वाइस अफ नेपाल’को सम्पूर्ण भागहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

पछिल्लो दिनहरुमा हरेक नयाँ एपिसोड प्रशारणसँगै दर्शकहरुको संख्या दिनप्रतिदिन बढिरहेको र कार्यक्रममा रोचकता दिन सफल भएको उनको भनाई छ।अहिले चलिरहेको ब्लाइण्ड अडिसनबाट दिप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल मध्ये कसको टिम ससक्त र उत्कृष्ट हुन्छ भन्ने थाहा पाउन अझै केहि कुर्नुपर्ने हुन्छ। ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन जसमा प्रतियोगिहरुले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको ‘दि भ्वाइस अफ नेपाल’ले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ।

SUBSCRIBE 👉