‘सर सर’ भन्दै झुल्किय मंगोलियन हर्टका राजु लामा


झुल्किय मंगोलियन हर्टका गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको स्वर रहेको ‘सर सर’ बोलको लोक पप गीत सार्वजनिक भएको छ। डीपी खनालको शब्द र धनु ज्ञाङ्मी मगरको संगीत रहेको गीतको म्युजिक भिडियो एसआरएस इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको हो।

गीतको भिडियोमा कोरियोग्राफर गम्भीर विष्ट, एलिशा राई र प्रकाश बस्नेतको अभिनय छ। सुब्रतराज आचार्यको निर्देशन तथा जया शर्माको सहनिर्देशन रहेको भिडियोमा सुरेन्द्र वस्नेतको कोरियोग्राफी हेर्न सकिन्छ। यस गीतलाई नवराज उप्रेतीले छायांकन र नविन निरौलाको सम्पादान गरेका हुन्। भिडियो हेर्नुहोस्:

SUBSCRIBE 👉