ढल्की ढल्की आए प्रियंका र आयुष्मान, हेर्नुहोस् ‘चंगा चेट’को गीत


‘चंगा चेट’ फिल्ममा समावेश ढल्की–ढल्की बोलको गीत रिलिज गरिएको छ। माधव वाग्लेले दीपेन्द्र के खनालको निर्देशनमा निर्माण गरेको फिल्म १६ कात्तिकमा प्रदर्शन हुँदै छ। ढल्की–ढल्की गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रवीन्द्र झालगायत कलाकारलाई प्रस्तुत गरिएको छ। अल्मोडा राना उप्रेतीले गाएको गीतको शब्द र संगीत राजेन्द्र भट्टको हो। गीतको कोरियोग्राफी प्रवीण सिंहले गरेका हुन्।

झन्डै एक महिनाअघि सार्वजनिक फिल्मको गोजीमा दाम छैन बोलको पहिलो गीत अहिले चर्चामा छ। सो गीतले युट्युबमा ४७ लाख भ्यु पाइसकेको छ। कमेडी जनराको फिल्म दर्शकले मन पराउने विश्वास निर्माता वाग्लेको छ। फिल्म निर्माणमा उनलाई शर्मिला पाण्डेले साथ दिएकी छिन्। फिल्ममा प्रियंका, आयुष्मान, सन्दीप, रवीन्द्रका साथमा सुरक्षा पन्त, अपर्ण थापा, परमिता राणालगायतले अभिनय गरेका छन्।

SUBSCRIBE 👉