बेपत्ता छिन् महँगी अभिनेत्री


हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ बिङ पछिल्लो दुई महिनादेखि बेपत्ता छिन्। चिनियाँ मिडियामा यो समाचार चर्चाको विषय बनिरहेको छ। अभिनेत्री फानले आफ्नो सोसल एकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन्।

फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन्। चिनियाँ मिडियाका अनुसार अभिनेत्रीले केही नयाँ व्यापार गर्नका लागि बैंकबाट ऋण लिएकी थिइन्। समयमा ऋण चुक्ता गर्न नसकेका कारण उनी गिरफ्तारमा परेको हुन सक्ने आशंका पनि गरिएको छ।

फान बिङ बिङले ‘एक्स म्यान’बाहेक केही ठूला फिल्ममा पनि काम गरेकी छिन्। सबै फिल्मबाट उनले दर्शकको राम्रो प्रशंसा पाएकी थिइन्। उनी सन् २०१७ मा सबैभन्दा बढी हेरिने स्टारमा पहिलो नम्बरमा परेकी थिइन्।

SUBSCRIBE 👉