यौन शोषणको घटनालाई भुल्न नसकेकि कंगना


हिमाञ्चल प्रदेशमा सन् १९८७ मा जन्मिएकी कंगना १६ वर्षकै उमेरमा दिल्ली आएकी थिइन्। उनले अस्मिता थिएटर ग्रुपमार्फत आफ्नो नाट्य यात्रा सुरु गरेकी थिइन्। सन् २००५ मा उनी बलिउडमा अवसर खोज्नका लागि मुम्बई आएकी थिइन्। केही समय मोडलिङ गरेपछि कंगनाले सन् २००६ मा ग्याङस्टार फिल्म खेलिन्। यस फिल्मबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितिन्। त्यसयता, कंगना बलिउडमा स्टारको छवि बनाउन सफल भएकी छिन्।

उनले यौनहिंसाको घटनालाई लुकाउनुको सट्टा महिलाहरूले यस विषयमा खुलेर प्रतिकार गर्नुपर्ने बताएकी छिन्। भारतमा हुने गरेका यौन शोषणका घटनालाई लिएर आफू चिन्तित भएको कंगना बताउँछिन्। रनावतले करिअरको सुरुवाती दिनमा भएको यौन शोषणको घटनालाई अझै भुल्न नसकेको बताएकी छिन्। यौन दुव्र्यवहार गर्न खोज्ने उक्त व्यक्तिविरुद्ध प्रहरीमा समेत उजुरी दायर गरेको उनले बताइन्। तर, कंगनाले उक्त व्यक्तिको नाम भने खोल्न चाहिनन्।

SUBSCRIBE 👉