विवेकलाई फकाउन तल्लिन केकी


Keki-Adhikari-Vivek -Singh-Thakuri (1)ग्ल्यामर नेपाल, काठमाडौं । एउटा युवतीले आफुले मनपराएको युवकलाई माया गर्छु भन्न लाग्ला ? हालै धुलिखेलको मिराकल होटल एण्ड रेष्ट्रोमा भेटिएकी नायिका केकी अधिकारी पनि मोडल विवेक सिंह ठकुरीलाई माया गर्छु भन्दै फकाउन तल्लिन थिईन्। विवेक पनि केकीले भन्नु बित्तिकै किन मान्थे र उनी पनि केकीलाई मायाको तडपाईमा पारिरहेका थिए।

सुटिंगको थप फोटोहरु हेर्न यहाँ CLICK गर्नुहोस

हाल अमेरिकामा रहेका गीतकार शिव चाम्लागाईको शब्दमा गायिका सरु पराजुलीको नयाँ एल्बम ‘नमन’मा रहेको ‘न्यानो न्यानो’ बोलको गीतको छायांकनका क्रममा केकीले विवेकको माया रोजेकी हुन्। युवराज चौलागाईको संगीतमा तयार भएको गीतको भिडियोका निर्देशक सहेन्द्र श्रेष्ठ हुन्। दिपेन्द्र राज डंगोल सहायक निर्देशक रहेको भिडियोका छयांकन हरि हुमागाईले गरेका हुन्।

निर्देशक सहेन्द्रका अनुसार एक युवकलाई आफ्नो पक्षमा पार्ने युवतीको प्रयासलाई भिडियोमा प्रस्तुत गरिएको छ।

SUBSCRIBE 👉