प्रियंकाको नृत्य संगै सकियो ‘बादशाह जुट’को सुटिङ्ग


ललितपुरको श्रीकाली चौरमा फिल्म ‘बादशाह जुट’मा समावेश लोक शैलीको गीतको छायांकनसँगै फिल्मको इन्डक्ल्याप गरिएको छ। निकै तामझामका साथ छायाँकन गरिएको लोक शैलीको गीतमा अभिनेत्री प्रियंका कार्की र सुशील श्रेष्ठले कोरसका साथमा कम्मर मर्काएका छन्। चलचित्रको इन्डक्याप संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर चलचित्र पौष १३ गते देखि सार्वजनिक प्रदर्शनमा ल्याइने निर्माण युनिटले बताएका हुन्।

भोजराज श्रेष्ठ निर्माता रहेको फिल्म दुई राजाको कथामा निर्माण भएको हो। फिल्ममा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ। फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका छ। निर्देशक जोनी सिंह राणा निर्देशित फिल्मले गत वैशाख १० गतेबाट छायांकन शुरु गरेको थियो।

एच एण्ड बि फिल्मस् प्राली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रालिको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राजकुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको छ।

SUBSCRIBE 👉