किन पछाडी सर्यो आकाशको ‘ड्रिम गर्ल’?


चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सर्दा त्यसको असर बक्स अफिसमा देखिन्छ। नेपाली चलचित्रका केही स्टार कलाकारका चलचित्रको पनि रिलिज डेट सर्दा चलचित्रले कमजोर व्यापार गरेका छन्। अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’को प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ। असोज १९ गतेलाई दोश्रो पटक प्रदर्शन मिति तोकिएको यो चलचित्र अब यो मितिमा पनि रिलिज नहुने भएको छ।

असोज २४ गते चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुने भएपछि ऋषिले आफ्नो फिल्मको रिलिज मिति पछाडी सारेका हुन्। अब यो चलचित्र मंसिर ७ गतेबाट रिलिज हुने बताइएको छ। चलचित्रको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको मुख्य भूमिका छ। लभस्टोरी कथामा बनेको यो चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको पनि अभिनय छ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्माताहरु निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल हुन्। काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ। राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ। चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन्। चलचित्रमा समाबेश दुइ गीत सार्बजनिक भई सकेका छन्।

SUBSCRIBE 👉