उदित नारायणको गीतमा अनमोल के.सी.को डुब्लिकेट भनेर चिनिएका अभिषेक श्रेष्ठ


नगरकोटको रमणीय स्थानमा छायांकन गरिएको उदित नारायण झाको स्वर रहेको गीत ‘अप्सरा’ को भिडियो रिलिज भएको छ। भिडियोमा अभिषेक श्रेष्ठ र रजिना खड्का फिचर छन्। अभिषेक केही समय अघि अनमोल के.सी. को डुब्लिकेट भनेर पनि चर्चामा आएका थिए तर अहिले आफ्नो छुटै पहिचान बनाउन उनि लागिपरेका छन्। भिडियोलाइ उनकै नृत्य गुरु चर्चित कोरियोग्राफर गम्भीर बिस्टले निर्देशन गरेका हुन्। भिडियोको छायांकन अर्जुन तिवारिले गरेका हुन् भने सम्पादन नवीन निरौलाको रहेको छ। गीतको शब्द मोनि शर्मा रिजालको रहेको छ भने संगीत कृस रिजालको रहेको छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉