शोभितले १० करोड लगानीको हिन्दी फिल्म निर्देशन गर्ने


sovit-basnetग्ल्यामर नेपाल, काठमाडौं। शोभित बस्नेत कम लगानीमा छिटो फिल्म तयार पार्ने निर्देशकका रुपमा परिचित छन्। २०-२५ लाख लगानीमा महिना दिनको बीचमा शोभित फिल्म खिचिसक्छन्। भलै उनका पछिल्ला सबै चलचित्र असफल भएका छन। तर अब शोभितको ‘टेडमार्क’ परिवर्तन हुने भएको छ। उनी १० करोड लगानीमा ९० दिन लगाएर एउटा फिल्म खिच्दैछन्, त्यो पनि हिन्दी भाषाको। राजधानीको एभरेष्ट होटलमा आयोजित प्रेसमिटमा शोभितले निर्देशन गर्न लागेको हिन्दी फिल्म ‘मेँ वो नहीं’ को बारेमा औपचारिक जानकारी दिइएको छ।

तमिल फिल्मको रिकेम गर्न लागिएको ‘मेँ वो नहीं’मा ६ जना हिरोइन र एक हिरो रहने बताइएको छ। जसमध्ये साउथ इन्डिया र नेपालका तीन-तीन हिरोइन रहने जानकारी दिइयो। तर कलाकारको नाम भने गोप्य नै राखिएको छ। सस्पेन्स स्टोरीमा आधारित भनिएको यस फिल्मको छायाँकन काठमाडौं, देहरादुन, दुबई, मरिसस, लण्डन लगायतका शहरमा हुने निर्देशन शोभितको भनाई छ। फिल्ममा लुविना इन्फरमेशन प्रालिको लगानी रहनेछ। लुविनाले नेपाली निर्देशकहरुको बारेमा गुगल सर्च गर्दा शोभित सबैभन्दा बढी चर्चित भएको पाइएपछि उनलाई लिइएको हो। चलचित्रमा दिनेश दर्शनधारी र विजय सत्यालको सह-लगानी रहनेछ।sovit-basnet-directing-hindi-movieकार्यक्रममा शोभितले लामो अभ्यासपछि हिन्दी फिल्म निर्देशन गर्न लागेको बताए। निकै हषिर्त मुद्रामा कार्यक्रममा प्रस्तुत भएका उनले आफ्नो विगत पनि कोट्याएका थिए। हिजो आफूलाई होच्याउने निर्देशकप्रति उनले व्यंग्य पनि गरे। उनले नाटक, भिडियो फिल्म तथा टेलिफिल्म हुँदै वि.सं. २०५१ सालमा पहिलो फिचर फिल्म ‘राजकुमार’ निर्देशन गरेका थिए। त्यस यता उनले निर्देशन गरेको फिल्मको संख्या २७ पुगेको छ।

SUBSCRIBE 👉