सोनाक्षीको फिल्ममा अक्षयको केमियो


akshya-sonakshi
बलिउडका खेलाडी कुमार अक्षय कुमारले अभिनेत्री सोनाक्षी सिन्हाले बनाउन लागेको नयाँ फिल्ममा केमियो गर्ने भएका छन्। हाल प्रदर्शन भईरहेको यो जोडी अभिनित फिल्म ‘होलिडे’ बक्स अफिसमा सय करोड क्लबको नजिक पुगेको छ। फिल्मको निर्देशन दक्षिण भारतीय फिल्मका प्रख्यात निर्देशक एआर मुर्गदौसले गरेका हुन्।

समाचार अनुसार सोनाक्षी पुनः एकपटक एआरसँग काम गर्न जाँदैछिन्। यो फिल्ममा सोनाक्षीलाई एक्सन नायिकाको रुपमा प्रस्तुत गरिनेछ। फिल्मका लागि सोनाक्षीले मार्सल आर्टसको तालिम पनि लिईसकेकी छन्।

फिल्ममा उनले अक्षयलाई केमियो भूमिकामा प्रस्तुत गर्दैछिन्। केमियोको भूमिका भनिए पनि अक्षयले फिल्मका लागि १० दिन सुटिङ गर्नेछन्। जसको शुरुवात नोभेम्बरबाट हुनेछ।

SUBSCRIBE 👉