बलिउड सेलिब्रेटीका सबैभन्दा चर्चित चुम्बनहरु


पछिल्लो समय बलिउडमा निकै खुल्लापन आएको छ। किसिङ सिन र बेड सिन अहिले निर्धक्कसँग दिने गरिन्छ। तर यस्तो खुल्ला पनको सिकार बलिउड सेलिब्रेटी कयौ पटक भएका छन्। जसको कारण ठूलो बिवाद समेत उत्पन्न भएको देख्न सकिन्छ। बलिउडका केही किस बिवादहरु यस्ता छन् :

बिपाशा बसु र क्रिस्टियानो रोनाल्डो: चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री बिपाशा बसुलाई खुल्लेआम किस गरेर हंगामा मच्चाएका थिए। यो किसले निकै चर्चा पायो। यहि कारणले बिपाशा र जोन अब्राहम बिचको प्रेम सम्बन्ध तोडियो।

लीना चन्द्रावकर र राम जेठमलानी: चर्चित वकील तथा बरिष्ठ नेता राम जेठमलानीले एक अवार्ड कार्यक्रममा अभिनेत्री लीना चन्द्रावरकरलाई लिपकिस गरेका थिए। यो घटनाले ठुलै रुप लियो।

दीपिका पादुकोण र सिद्धार्थ माल्या: ३०१३ मा आइपिएलको म्याजको दौरानमा दीपिका र सिद्धार्थ माल्या रोयल च्यालन्जर बेलंगुरको समर्थन गरिरहेका थिए। यो म्याचमा रोयलले जितेपछि सिद्धार्थले दीपिकालाई समातेर किस गरेका थिए। यो किसले बलिउडमा हंगामा मच्चियो।

महेश भट्ट र पुजा भट्ट: वर्षाै पहिले स्टारडस्ट म्यागजिनको कभर पेजमा निर्माता निर्देशक महेश भट्ट र उनकी छोरी पुजा भट्टको लिपलप किस सिन रहेको तस्बिर छापिएको थियो। यो बलिउडको सबैभन्दा बढी बिवाद मध्यको एक मानिएको छ।

राखी और मिका सिंह: २००७ मा आफ्नो जन्मदिनको अवसरमा मीकाले राखीलाई जर्वजस्ती समातेर किस गरेका थिए। यो किस निकै चर्चामा रह्यो। बिवाद पुलिस कार्यलयमा पुगेर मिलेको थियो।

SUBSCRIBE 👉