आनन्द कार्कीको आवाजमा गीतकार घन बहादुर थापाको गीति एल्बम ‘नबिर्स’


युके निबासी गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” एक भब्य समारोह बीच काठमाडौँमा बिमोचन गरिएको छ। लामो समय देखि युके बस्दै आएका गीतकार थापाको यो चौथो सांगीतिक एल्बम हो। बिदेशी भूमिमा रहेपनि नेपाली गीत संगीतलाई माया गर्दै आएका गीतकार घन बहादुर थापा साहित्य विधामा समेत उत्तिकै सक्रिय छन।

गायक आनन्द कार्कीको आवाज रहेको गीति एल्बममा गायिका अन्जु पन्त, सबिना कार्की तथा निखिता थापाको पनि स्वर सुन्न सकिन्छ। सात वटा गीत रहेको एल्बममा संगीतकारहरु शक्ति बल्लभ, शिखर सन्तोष, दिपक शर्मा, अर्जुन पोखरेल, राजन राज सिवाकोटी तथा तारा प्रकाश लिम्बुले संगीत भरेका छन्।

बिएफबिस रेडियोमा प्रमुख अथिति गिताकर संघका अधक्ष्य चुडामणि देबकोटा अथितिहरु संगीतकार शक्ति बल्लभ, एनटीभी प्लसका प्रमुख तथा संचारकर्मी मनोहरि थापा, बरिष्ट गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, समाजसेवी तथा गीतकार प्रकाश कुमार थापा लगायतका व्यक्तित्वहरुको उपस्थितिमा एल्बमको बिमोचन गरिएको थियो।

SUBSCRIBE 👉