गीतकारको सर्ट फिल्म – मेरो साथी काल


पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले सर्ट फिल्म ‘मेरो साथी काल’ रिलिज गरेका छन्। पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन्। यो सर्ट फिल्म मा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ। स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन्।

यो फिल्मको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन। यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन्। यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन्। म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन्।

असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ। निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन्। मेरो साथी काल सर्ट फिल्म हेर्नुहोस्

SUBSCRIBE 👉