प्रहरीले किन विथोल्यो शाहरुख खानको जन्मदिन पार्टी ?


बलिउड अभिनेता शाहरुख खानले शुक्रबार आफ्नो ५३ औं जन्मदिन मनाए। तर, उनले आफ्ना निकट साथी र आफन्तलाई दिएको जन्मदिन पार्टी भने मुम्बई प्रहरीले विथोलिदियो। भारतीय मिडियाहरुका अनुसार शाहरखले शुक्रबार राति भव्य पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा शाहरुखका परिवार सदस्य, आफन्त र बलिउडका थुप्रै हस्तिहरु उपस्थिति थिए। तर, प्रहरीले रेस्टुरेन्टमा हस्तक्षेप गरेपछि पार्टी बीचमै भताभूंग भयो।

रेस्टुरेन्टभित्र राति अबेरसम्म ठूलो स्वरमा म्युजिक बजाएको भन्दै प्रहरीले हस्तक्षप गरेको हो। नियमअनुसार राति १ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न पाइन्छ। तर, शाहरुखले रातभर पार्टी गर्ने योजना बनाएका थिए। उनको योजनामा प्रहरी बाधक बनिदियो।

यसअघि शाहरुखले आफ्नो घरमै पनि पार्टी राखिसकेका थिए। सो पार्टीमा आमिर खान, अर्जुन कपुर, करिना कपुर, सञ्जय लिला भन्साली, कट्रिना कैफ लगायत उपस्थित थिए। जन्मदिनकै अवसर पारेर शाहरुखले आफ्नो नयाँ फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरेका छन्। उक्त ट्रेलरले युटुबमा धमाका मच्चाइरहेको छ।

‘जिरो’ ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉