विपिन र नम्रताको निःसन्तान पीडा, निश्चलले गरे चलखेल!


निःसन्तान दम्पत्ति हुँदाको पीडा ती दम्पत्तिलाई मात्र थाहा हुन्छ। जो यो समस्याबाट गुज्रिरहेका छन्। नायिका नम्रता श्रेष्ठ अहिले यस्तै समस्याबाट गुज्रिरहेकी छन्। हालसम्म अविवाहित नम्रता कसरी निसन्तान समस्याबाट गुज्रिरहेकी छिन् ? भन्ने प्रश्न उठ्न सक्ला। तर नम्रताको यो समस्या वास्तविक जीवनमा भने होइन। नम्रता अभिनित फिल्म “प्रसाद” को ट्रेलर ले यस्तै भन्छ।

भिडियो: फिल्मको गीत ‘लै लै लै’ हेर्नुहोस्

सार्वजनिक ट्रेलरमा नायिक नम्रता श्रेष्ठ र नायक विपिन कार्की श्रीमान्-श्रीमतिको भूमिकामा छन्। चलचित्रमा कलाकार निश्चल बस्नेत पनि मुख्य भूमिकामा छन्। निश्चलले भने सन्तान नभएको पीडामा बसेका दम्पत्तीको विचमा चलखेल गरेको देखिन्छ।

भिडियो: फिल्मको गीत ‘वनकी चरी’ हेर्नुहोस्

सुवास थापाको निर्माण र दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘प्रसाद’को सार्वजनिक ट्रेलरमा नम्रताले पतिको भूमिकामा अभिनय गरेका विपिन कार्कीसँग ‘एउटा लोग्ने मान्छेलाई के थाहा आइमाइ मान्छेको कोख खाली हुँदाको पीडा’ भनेर मनछुने संवाद बोलेकी छन्। पत्रकार सुशिल पौडेलको पटकथा तथा संवाद रहेको यो फिल्म मंसीर २१ मा रिलिज हुँदैछ। ट्रेलर हेर्नुहोस:

SUBSCRIBE 👉