रजनीकान्त र अक्षयकुमारको भीडन्त


सन् २०१० मा रिलिज भएको सुपरस्टार रजनीकान्तको फिल्म ‘रोबोट’ को सिक्वेल ‘२.०’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा अझ बढी शुरु भएको छ। यो फिल्मको ट्रेलरका लागि दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। शंकरले निर्देशन गरेको यो फिल्ममा रजनीकान्त र अक्षयकुमारको भीडन्त देख्न सकिन्छ।

भिडियो: ‘२.०’ को ट्रेलर हेर्नुहोस्

साइन्स फिक्सन यो फिल्मको सीजीआईलाई लिएर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्। झण्डै ६ सय करोडमा बनेको फिल्ममा सुपरस्टार रजनीकान्त रोबोट (चिट्टी) र वैज्ञानिकका भूमिकामा देखिएका छन्। फिल्ममा भिलेनका रुपमा अक्षयकुमार देखिएका छन् भने एमी ज्याक्सनको पनि मुख्य भूमिका छ। निर्देशक शंकरले नै लेखेको यो फिल्म मंसिर १३ गते (नोभेम्बर २९) मा रिलिज हुँदैछ।

SUBSCRIBE 👉