थाइल्याण्डमा निर्देशक र नायिकाको रोमान्स !


अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले ४ वर्षपछि आफूहरु एकअर्काको प्रेममा रहेको केहिदिन अघिमात्र सामाजिक संजाल मार्फत खुलाए। जबकि मिडियामा उनीहरुको प्रेमको बारेमा विभिन्न खबर प्रकाशित हुँदा उनीहरुले ती खबरहरुको खण्डन गर्दै आएका थिए। सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै उनीहरुले आफ्नो सम्बन्धको खुलासा गरेका हुन्।

उनीहरुले आफूहरु प्रेममा रहेको मात्रै खुलाएनन् इन्गेजमेन्ट गरेर सदाका लागि एक भएको समेत सार्वजनिक गरे। आफूहरुको सम्बन्ध सार्वजनिक गरेलगत्तै थाइल्याण्ड पुगे। दीवाकरओ साथमा दीपिका एक विज्ञापनको छयांकनको क्रममा थाइल्याण्ड पुगेको बुझिएको छ। यो समय उनीहरुको लागि निकै नै सुन्दर रहेको उनीहरुले शेयर गरेका तस्बिरहरुमा देख्न सक्छौँ।

यतिबेला दीपिका अभिनित दोस्रो सिनेमा ‘छक्का पञ्जा ३’ प्रदर्शन भैरहेको छ। उता दिवाकर पनि आफुले निर्देशन गरेको फिल्म ‘क्याप्टेन’को छायाकंन सकेर बसेका छन्। एसअघि दिपिकाले दिवाकर निर्देशित फिल्म ‘ऐश्वोर्य’ मा अभिनय गरेकी थिइन्।

SUBSCRIBE 👉