निशानीमा गोर्खाली फौजको कथा


Nishaniग्ल्यामर नेपाल, काठमाडौं । सन् १९९९ को खालुवार, कारगिल युद्धमा गोर्खाली फौजहरुले देखाएको बहादुरी र वीरताको कथा अब दर्शकले फिल्ममार्फत हेर्न पाउने भएका छन्। सिनाइ कमर्सियल प्रा.लि.को व्यानरमा प्रेम सुब्बा प्रस्तुतकर्ता रहेको फिल्म ‘निशानी’मा दर्शकले गोर्खालीको बहादुरीतालाई नियाल्ने मौका पाउन लागेका हुन्। फिल्म आगामी भदौ २७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

फिल्म युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको दुई गीत र प्रोमो अफिसियल रुपमा पत्रकारमाझ सार्वजनिक गरेको छ। कार्यक्रममा प्रस्तुतकर्ता सुब्बाले फिल्मले गोर्खालीको पहिचानलाई जीबन्त रुपमा उठाएको दाबी गरे भने फिल्मका निर्देशक विनोद सेरेङले फिल्मले गोर्खालीको कथा मात्र बोक्ने नभई लमजुङको घलेगाउँ, इलामको कन्यामलगायतका स्थानको पर्यटकीय प्रचार पनि गर्ने बताए।

सरोज भण्डारी र ललिता सेरेङ धौबडेल निर्माता रहेको फिल्ममा प्रशान्त तामाङ, प्रेम सुब्बा, अनु गुरुङ, विष्णु चेम्जोङ, सिरु विष्ट, सुरज रानाभाट, जयनन्द लामा, कोपिला थापा, किशोर सम्बाहाम्फे, अस्मी गुरुङ, विकास खड्का, विष्णु तामाङ, विकास सुब्बा, पुर्ण सुब्बा, जनक न्यौपाने, राजाराम र बसन्त लामालगायतले अभिनय गरेका छन्। विनोदकै लेखन, गोविन्द राई र शिव शर्माको नृत्य, बीबी अनुरागीको संगीत, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन, जनक गुरुङको द्वन्द्व र युवराज राईको छायांकन रहेको छ।
Nishani-1

SUBSCRIBE 👉