१५ वर्ष कान्छा सँग सुष्मिता सेनको विवाह ?


करिब दुई दशक पहिले एक गीत चर्चित थियो र अहिले पनि त्यसलाई रुचाउनेहरुको कमी छैन, ‘होश न खबर है, ये कैसा असर है, तुमसे मिलने के बाद दिलबर… ‘ यो गीतमा अभियन गरेकी छन्, सुष्मिता सेनले, अब यो गीतको कुरा वास्तविकतामा परिणत हुने संकेत देखिएको छ।

सञ्चार माध्यममा आएका पछिल्ला खबरहरु अनुसार सुष्मिता सेनले आफ्नो जीवन साथी भेट्टाएको बताउँछ। यी खबरको पुष्टि भने सुष्मिता सेनले गरेकी छैनन्।अहिले सबै खबरहरुलाई गसिपका रुपमा मात्रै लिईएको छ।

फोटो ग्यालरी हेर्नुहोस् : काठमाडौँमा भएको फेशन शोमा सुष्मिता सेन

खबरहरुमा दाबी गरिएको छ कि सुष्मिता सँगै प्राय देखिने गरेका रोहमन शावलसँग विवाह गर्ने छिन्। यी सबै खबरको एउटा मात्रै आधार इन्स्टाग्राममा पोस्ट गरिएको त्यो तस्बिर हो, जसमा सुष्मिता सेन, रोहमन र एडप्ट्ड गरेका बच्चाहरु साथमा छन्।

View this post on Instagram

#duggadugga ❤️

A post shared by Sushmita Sen (@sushmitasen47) on

हेर्दा विदेशी जस्ता देखिने रोहमन नोयडामा जन्मिएका हुन्। अनुष्का शर्मा र विराट कोहलीको विवाहको कपडाका डिजाइनर सब्यसाचीका लागि रोहमनले मोडलिङ्ग गरेका छन्। उनलाई गितार बजाउन निकै मन पर्छ। उनले गीत पनि गाउने गरेका छन्।

सन् १९९१ को जनवरी ४ मा जन्मिएका रोहमन सन् २०१४ मा मुम्बई आएका हुन्। रोहमन २७ वर्षका भए भने सुष्मिता ४२ वर्षकी छन्। यी दुईको विवाह भएमा सुष्मिता भन्दा रोहमन १५ वर्ष कान्छा हुनेछन्।

SUBSCRIBE 👉