दि ब्रेकअप पोस्टर: आशिरको काखमा शिल्पा रोमान्टिक


फिल्म ‘दि ब्रेकअप’मा समावेश गीत ‘आज हा्म्रो भेट भाको दिन’ को लोकप्रियता बढ्दो छ। युट्युवमा यो गीतको भिडियो हेर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ। यसै बीच फिल्म निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। ‘दि ब्रेकअप’ आगामी पौष २७ गते बाट दर्शकमाझ आउँदैछ।

फिल्म ‘दि ब्रेकअप’को गीत ‘आज हा्म्रो भेट भाको दिन’ हेर्न यहाँ क्लिक गर्नुहोस्

पोस्टरमा अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केलाई प्रेमिल मूडमा देख्न सकिन्छ। आशिरको काखमा शिल्पा रोमान्टिक देखिएकी छिन्। रेड ब्याकड्रपको थिममा सार्वजनिक पोस्टरले निरन्तर रिलिज हुँदै आएका नेपाली फिल्मका पोस्टरहरु भन्दा केहि फरक देखिन्छ।

हेमराज बिसी निर्देशित फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनालको पनि मुख्य अभिनय छ। अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्। रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको ‘दि ब्रेकअप’ का सम्पादक सुरेन्द्र पौडेल हुन्।

Nepali Film The Break Up Poster | Shilpa Maskey & Aashirman Desraj Joshi

SUBSCRIBE 👉