इटालीको सुन्दर लेक, जहाँ दीपिका र रणवीरले गर्नेछन बिबाह


लामो समयदेखि प्रेमसम्बन्धमा रहेका दीपिका पादुकोण र रणवीर सिंहको विवाहको मिति नजिकिएको छ। उनीहरु १४–१५ नोभेम्बर (कात्तिक २८–२९) मा विवाह बन्धनमा बाँधिन लागेका छन्। विवाहको तयारी धुमधामका साथ चलिरहेको छ। दुवैजना विवाहका लागि इटाली गइसकेका छन्।

उनीहरुको विवाह इटलीको लेक कोमोमा रहेको आलीशान विला डेल बालडियानेलोमा आयोजना हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भव्यता र सुन्दरताका कारण यो होटल निकै महंगो पनि छ। यो होटलको भाडा १३ लाख रुपैयाँ देखि लिएर ४० लाख रुपैयाँ प्रतिदिनको रहेको छ।

समुन्द्र र इन्द्रेणीको निकै आकर्षक दृश्य देख्न पाइने यो होटलमा कयौं अन्तर्राष्ट्रिय व्यक्तित्वको विवाह भइसकेको छ। विवाहमा ३० जना पाहुना सरिक हुने र उनीहरुको विशेष आतिथ्यता गरिने तयारी रहेको छ।

करिब ६ वर्षसम्म एक अर्कासँग डेट गरेपछि रणवीर सिंह र दीपिका पादुकोण विवाह बन्धनमा बाँधिन लागेका हुन्। लभ अफेयरको चर्चाकाबीच आधिकारिक रुपमा आफ्नो विवाहको मिति उनीहरुले सार्वजनिक गरेका हुन् ।

SUBSCRIBE 👉