चलचित्र ‘साङ्लो’ मार्फत विराज भट्ट फेरि दर्शकमाझ आउने


कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट नेपाली चलचित्रमा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी चलचित्र तिर लागे। उनलाई भोजपुरी चलचित्रमा पनि सफलता मिल्यो। नेपाली सिनेमापछि भोजपुरीमा गए पनि विराजले नेपाली चलचित्रलाई भने भुल्न सकेका छैनन्। केही वर्षको अन्तरालमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’मार्फत नेपाली चलचित्रमा कमब्याक गरे। तर उनलाई यो चलचित्रमा दर्शकले साथ दिएनन, विराज फेरि हराए।

Biraj Bhatta Nepali Actor

उनी अब नयाँ चलचित्र निर्देशनमा जुट्ने भएका छन्। चलचित्र ‘साङ्लो’ मार्फत विराज फेरि दर्शकमाझ आउन लागेका छन्। प्रेम र पारिवारिक कथामा तयार हुने यो चलचित्रलाई रमाइलो बनाउने विराजको योजना छ।

चलचित्रको संगीतको तयारी भने सकिईसकेको छ। चलचित्रका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेका छन्। अहिले चलचित्रको कथामा काम भैरहेका कारण सिनेमा फ्लोरमा जान केही समय लाग्ने बुझिएको छ।

SUBSCRIBE 👉