मराठी लुक्समा करिना


kareena-kapoor-marathi-looks-in-singham-returnsबलिउड बेबो नायिका करिना कपुर खानको करियरले करिब एक दशक बढी पार गरिसकेको छ। उनले फिल्म ‘रिफ्युजी’मार्फत बलिउडमा डेब्यु गरेकी थिईन्।

फिल्ममा अलग अलग भूमिकामा अभिनय गर्न रुचाउने करिनाले रोहित सेठ्ठीको फिल्म ‘सिंघम रिटनर्स’मा मराठी युवतीको भूमिकामा अभिनय गर्दैछिन्।

‘यहाँ एक कलाकारको कर्तव्य हुन्छ कि उसले विभिन्न भूमिका चुनोस् र त्यही अनुसार भूमिका निभाओस्,’प्राय फिल्ममा ग्ल्यामर भूमिकामा प्रस्तुत हुने उनले भनिन्,‘फिल्ममा चुनौति निभाउनु आफैमा रमाइलो कुरा हो। मलाई जोखिम मोल्न निकै मजा लाग्छ, म केवल नाँच्ने र गाउने किसिमका फिल्ममा अभिनय गर्न चाहन्न।’

SUBSCRIBE 👉