सलमानको नयाँ फिल्मको बाहिरियो तस्विरहरु: कटरीनाको अंगालोमा बाँधिए सलमान खान

सलमान खानको फिल्म ‘भारत’ को केहि तस्विरहरु बाहिरिएका छन्। सलमान खान आफैले इन्स्टाग्राममा यो तस्वीर पोस्ट गरेका हुन्। तस्वीरमा सलमान खान र कटरीना कैफ बोर्डरमा गेट नजिक उभिएका देखिएका छन्। सलमान कोट पाइन्टमा देखिएका छन् भने कटरीना साडीमा छिन्। सलमान यो पोस्ट सेयर भएको केही घन्टामा नै लाखौले लाईक कमेन्ट र शेयर गरेका छन्।

कटरिना र सलमानको जोडी बलिउड बक्स अफिसमा हिट जोडि हो। यो जोडिलाई आगामी फिल्ममा पनि फ्यानहरले निकै मन पराउने अनुमान गरिएको छ। फिल्म ‘भारत’मा प्रियंका चोपडाले खेल्ने तयारी थियो तर अचानक उनले यो फिल्मबाट हात झिकेकी थिइन्।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मको टीजर र ट्रेलर सार्वजनिक भएको छैन तर फिल्म १५ अगस्टमा रिलिज गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

SUBSCRIBE 👉