‘जिस्म २’ मा अर्चना पनेरुलाई रिप्लेस गर्दै रेजिना भण्डारी


रातारात भाइरल बनेकी अर्चना पनेरु अभिनित फिल्म ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’ को एतिबेला धमाधम पोखरामा छायांकन भई रहेको छ। राजु गिरिको निर्माण रहेको फिल्मलाई निर्देशक सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन्। ‘जिस्म’ निर्देशन गरेका राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को फिल्ममा ब्यस्त भएकोले पनि ‘जिस्म २’ नयाँ निर्देशकलाई निर्देशन गर्ने मौका दिएको गिरीले बताए।

सुरज कुँवरले छायांकन गरेको फिल्म ‘जिस्म २’बाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दैछन्। चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको संगीत छ। फिल्मको कथा अनुसार फिल्ममा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन। फिल्म ‘जिस्म’मा अर्चना पनेरुले दिएको दृश्य भन्दा नव अभिनेत्री रेजिना भण्डारीले अझै ग्ल्यामर दृश्य दिएकि छिन। चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ।

SUBSCRIBE 👉