“सरी ल” को सर्यो रिलिज मिति


sorry-la-nepali-movie-posterग्ल्यामर नेपाल, काठमाडौं । रिलिज मिति सार्दै आएको फिल्म ‘सरी ल’ले रिलिजको फाइनल मिति सार्वजनिक गरेको छ। साउनबाट भदौमा रिलिजको मिति तय गरेको फिल्मले फाइनल मिति कार्तिक २१ मा पुर्याएको छ।

ऋषि लामिछाने निर्देशित फिल्मका निर्माता कृष्ण दास हुन्। फेसबुकको कारण मानिसको जीवनमा आईपर्ने समस्यालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाको प्रमुख भूमिका रहेको छ भने शिवम अधिकारीको कथा, बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, बब्बु थापाको नृत्य र रामशरण उप्रेतीको छायांकन रहेको छ।

sorry-la-nepali-movie-video-image

SUBSCRIBE 👉