विवाह भएको ६ महिनामा नै आमा बनिन् – नेहा धूपिया


बलिउडकी नायिका नेहा धुपिया र अंगद बेदी विवाहको ६ महिनामै आमाबुवा बनेका छन्। नेहाले आइतबार छोरीलाई जन्‍म दिएकी छिन्। यो मौका नेहा र अंगदको परिवारको लागि सबैभन्दा खुसीको कुरा हो। नेहालाई बलिउडका सेलिब्रेटीहरुले बधाई दिन सुरु गरेका छन्। स्पटबाइको रिपोट अनुसार नेहा धूपिया यतिबेला खारमा बनाइएको एक हसपिटलमा भर्ना भएकी छिन्। नेहा र उनकी छोरी दुवै स्वास्थ्‍य अवस्था सामान्‍य छ।

पछिल्लो दिनमा नेहाको बेबी शावर धेरै नै चर्चामा थियो। नेहाले आफ्‍नो छोरी शावरको लागि सेतो रङ्‍गको फ्रिलि फ्रांक ड्रेसको चुनेका थिए। उक्त समारोहमा कैयौ सेलिब्रेटीहरु नेहासँग भेट्‍न आएका थिए। धूपियाले अंगदसँग गुपचुप नै विवाह गरेका थिए। उसले सामाजिक सञ्‍जालमा आफ्‍नो विवाह भएको जानकारी सार्वजनकि गरेकी थिइन्।

विवाहको केही समयपछि नै नेहाले आफू गर्भवती भएको समेत घोषणा गरेकी थिइन्। उनको गर्भवतीको समाचारलाई लिएर सामाजिक सञ्‍चालमा चर्चाको विषय बनेको थियो। त्‍यसको केही समयपछि नै नेहाको गर्भवती भएको समयलाई लिएर एउटा महत्वपूर्ण रहस्‍य खोलेका थिए। उनले भनेका थिए, ‘नेहा विवाह अघि नै गर्भवती थिइन्। विवाहपछि मैले आफ्‍नो आमाबुवालाई उक्त कुरा सुनाएपछि गाली खाएको थिएँ।’

नेहा गर्भवतीपछि पनि आफ्‍नो कामप्रति पुरै समर्पित थिइन्। उनी इभेन्ट्स् र स्टूडियोमा भने कहिलेकाही देखा परेकी थिइन्। गर्भवतीपछि पनि उनको स्टाइल सेन्स पनि निक‍्कै चर्चामा थियो। किनकी उनी स्टाइलको मामलामा बलिउड तथा फेशन वर्ल्डमा सबैलाई चकित बनाएकी थिइन्।

SUBSCRIBE 👉