स्लिम बन्दै दबंग गर्ल सोनाक्षी, इन्स्टामा सेयर गरिन हट फोटो एण्ड भिडियो


अभिनेत्री सोनाक्षी सिन्हा करियरको सुरुवाती दिनमा मोटी थिइन्। सलमान खानसँग ‘दबंग’ फिल्मबाट करिअर सुरु गरेकी उनको अभिनय मन पराइए पनि मोटोपनका कारण उनको कुरा काट्नको जमात पनि ठूलै थियो। तर, बिस्तारै सोनाक्षीले आफ्नो तौल कम गर्दै गइन्।

हालै सोनाक्षीले आफ्नो केही हट तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन्। जसमा उनी स्लिम र झन् सुन्दरी देखिएकी छिन्।

उनले फिल्ममा डेब्यु गर्न झन्डै ३० किलो तौल घटाएकी थिइन्। उनको भनाइ छ, ‘मलाई जिम भनेपछि एलर्जी हुन्छ। यसबाट दूर भाग्न चाहन्छु। तर, मैले आफूलाई फिट राख्न र आकर्षक बनाउनका लागि खुब पसिना बगाएको छु।’

SUBSCRIBE 👉