नो डिस्टर्ब: सलमानको कोठामा क्याट्रिना!


सलमान खान र क्याट्रिना कैफ एकसमय निकै निकट थिए। उनीहरू अफेयरमा रहेको समेत खबर आउँथ्यो। सलमानले क्याट्रिनालाई फिल्म दिलाइ दिने समेत गरेका थिए। जब क्याट्रिना रणवीर कपुरको प्रेममा परिन्, त्यसपछि उनीहरूबीच फाटो आयो। रणवीरसँग ब्रेकअप भएपछि क्याट्रिना अहिले फेरि सलमानसँग नजिकिएकी छिन्।

सलमान र क्याट्रिना पछिल्लो समय टाइगर जिन्दा है फिल्ममा सँगै देखिएका थिए। अहिले उनीहरू भारत फिल्मको सुटिङमा छन्। माल्टामा भारतको सुटिङका क्रममा क्याट्रिना प्रायः सलमानको कोठामा बस्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्। सलमान र क्याट्रिना सँगै बस्दा कसैले पनि उनीहरूलाई डिस्टर्ब गर्न पाउँदैन।

टाइगर जिन्दा हैपछि प्रायः सँगै देखिँदै आएका क्याट्रिना र सलमानबीच अहिले फेरि प्रेम झाँगिएको बताइन्छ। यद्यपि, सलमान युलिया वान्तुरसँग रिलेसनसिपमा छन्। तर, उनी क्याट्रिनालाई छाड्न पनि सक्दैनन्।

सलमान क्याट्रिनाप्रति यति धेरै क्रेजी छन् कि, उनले भारतको सुटिङ सेटमा युलियालाई प्रवेश गर्नसमेत रोक लगाएको बताइन्छ। क्याट्रिनासँगको निकटताका कारण सलमान र युलियाबीच वेलावेलामा झगडा पर्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

SUBSCRIBE 👉