बलिउडमा इन्ट्री गर्दै शाहरुख खानकि छोरी सुहाना


बलिउड फिल्म उद्योगमा नयाँनयाँ कलाकारको इन्ट्री हुने क्रम जारी छ। नायक शाहरुख खानले आफ्नी छोरी सुहाना खानलाई फिल्म इन्डस्ट्रीमा प्रवेश गराउन खोजेका छन्। फिल्ममा सुहानाको आगमनको विषयमा अहिले विभिन्न गसिप फैलिरहेका छन्।

यसबीचमा शाहरुख खानले आफ्नी छोरीलाई डेब्यु गराइदिन निर्देशक सञ्जयलीला भन्सालीलाई आग्रह गरेको खबर बाहिर आएको छ। एजेन्सीका अनुसार भन्साली यसमा सकारात्मक देखिएका छन्।

खानले सुहानालाई कमर्सियलभन्दा पनि फरक खालको फिल्मबाट अभिनय सुरु गराउन चाहेका छन्। भन्साली नयाँ कलाकारलाई स्टार बनाउने निर्देशक कहलिन्छन्। केही समय पहिले सुहाना खानले विकनी लगाएर मुख छोपेको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

SUBSCRIBE 👉