आयोजकले अपशब्द बोलेपछि ज्योति मगर पुगिन् प्रहरीमा


गायिका ज्योति मगरले आफूमाथि कार्यक्रम आयोजक मध्य कै एक जनाले अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले बुधवार फेसबुकमा स्टेटस पनि लेखिन – ‘म एकदम डराएकी छु, तर मैले लड्नु छ र यो सुरु भएको छ।’ नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी ज्योतिलाई होटल पुर्‍याइदिन आएका आयोजक टिमका एक जनाले होटलको कोठामा पुगेपछि अपशब्द बोलेको कारण उजुरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले होटेलमा पुगेर एक जनालाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिसँग बयान गर्दा आफूले मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिएका छन्। डिएसपी रेग्मीले भने,’ उहाँले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं। दुवै पक्ष बीच सहमति भएपछि विवाद मिलेको छ।’

SUBSCRIBE 👉