मिस वर्ल्डको सेमिफाइनलमा शृंखला


चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्। टप मोडेल विधा अन्तर्गत उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी छन्।

उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन्। ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु। प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु।’

From the top model competition! ❤️The one rule that I'm following right now is to enjoy every moment. I used to be…

Posted by Miss World – Nepal on Thursday, November 22, 2018

२२ वर्षीय शृंखला मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। यसपटकको मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि छन्। उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। यो वर्षको मिस वर्ल्डमा १ सय २० देशका सुन्दरीहरुले सहभागीता जनाएका छन्।

SUBSCRIBE 👉