फिल्म निर्माणमा चर्चित तीन अभिनेत्री


बलिउडका तीन चर्चित अभिनेत्रीहरू प्रियंका चोपडा, अनुष्का शर्मा र माधुरी दीक्षितले एकसाथ फिल्म निर्माण गर्ने भएका छन्। नेटफ्लिक्स ओरिजनल्स मातहत घोषणा गरिएका आठ फिल्ममध्ये तीन फिल्म प्रियंका, माधुरी र अनुष्काले निर्माण गर्ने भएका हुन्।

प्रियंका चोपडाको कम्पनीले ‘फायरब्रान्ड’ शीर्षकको फिल्म निर्माण गर्दैछ। यसको निर्देशन अरुणा राजेले गर्नेछन्। फिल्ममा उषा जाधव, गिरिश कुलकर्णी, सचिन खेडेकर र राजेश्वरी सचदेवा मुख्य भूमिकामा देखिनेछन्। ‘फायरब्रान्ड’ मराठी फिल्म हो। यसको कथा यौन दुष्कर्मको सिकार भएकी एक किशोरी वरिपरि घुम्ने छ।

अनुष्का शर्मा र उनका भाइ करणेश शर्माको कम्पनीले ‘बुलबुल’ शीर्षकको फिल्म निर्माण गर्दैछ। ‘बुलबुल’ शदीयौंदेखि चल्दै आएको मान्यता र अन्धविश्वासमा आधारित हुनेछ। यस्तै माधुरीले निर्माण गर्ने फिल्मको शीर्षक ‘१५ अगस्ट’ हो। यो फिल्मको कथा मुम्बईको जीवन शैलीमाथि आधारित हुनेछ।

SUBSCRIBE 👉