समर लभमा न्युड भईन साया


सुविन भट्टराईको चर्चित प्रेम उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म ‘समर लभ’को टिजर रिलिज भएको छ। मुस्कान ढकालले निर्देशन गरेको फिल्मको सार्वजनिक टिजरमा ‘साया’ र अतित’ बनेका रेवती क्षेत्री र आशिष पियाको साथमा सुरज सिंह ठकुरी देखिएका छन। फिल्मको टिजरमा उनीहरूको प्रेम र विछोड बुझाउने संवादहरूलाई प्राथमिकता दिइएको छ।

समर लभको फर्स्टलुक पोस्टरहरु हेर्नुहोस्

सुबिनको कथामा सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन्। फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन्। नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन्। स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर हुन्।

यसै फिल्मबाट आशिष र रेवती नेपाली फिल्मीको यात्रा शुरु गरेका हुन्। फिल्ममा रेवतीले खुलेरै न्युड र चुम्बनका दृश्यहरु दिएकी छिन्।

फिल्मको टिजरमा सायाको न्युड दृश्य : ‘समर लभ’ टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन्। यो फिल्म माघ २५ गतेबाट रिलिज हुँदै छ।

रेवती क्षेत्री को हट एण्ड ग्ल्यामर तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉