मुस्ताङ मा ‘विर विक्रम २’ : पल शाहको अँगालोमा वर्षा सिवाकोटी


मिलन चाम्सले निर्माण तथा निर्देशन गरिरहेको फिल्म ‘विर विक्रम २’को मुस्ताङका रमणीय स्थानहरुमा सुटिङ्ग भैरहेको छ। केहीदिन पहिले निर्देशक चाम्स ‘विर विक्रम २’को जम्बो टिम सहित मुस्ताङ पुगेका थिए। यतिबेला फिल्मको गीतको सुटिङ्ग चलिरहेको छ । गीतमा फिल्मका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनलाई फिचर गरिएको छ।

कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङ वरपरका स्थानहरुमा सुटिङ्ग भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक चाम्सले बताएका छन्। रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ।

फिल्मको टाइटल ‘विर विक्रम २’ भए पनि यो फिल्म ‘विर विक्रम’को सिक्वेल नभएको निर्माण युनिटले जनाएको छ। यो फिल्म पुर्ण रुपमा नयाँ कथामा निर्माण भैरहेको छ। फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज भण्डारी लगायतका कलाकारको मुख्य भुमिका छ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व रहेको छ। चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन्।

SUBSCRIBE 👉