मिस वर्ल्डका प्रतिस्पर्धीहरुलाई नेपाली बोल्न सिकाउँछिन् शृंखला: नमस्ते नेपाल! सन्चै हुनुहुन्छ?


‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका १ सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्।

मिस नेपाल २०१८ शृङ्खला खतिवडाले मिस वर्ल्डकालागी बनाईन एस्तो आकर्षक भिडियो

विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन्। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन्। ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन्।

मिस वर्ल्डको सेमिफाइनलमा शृंखला

पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि उत्कृस्ट छ। सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन्।

मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वर्ल्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ। मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ।

श्रृंखलाले भनिन्, ‘देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो’

शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताए। ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उनले भने, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ। त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु। प्रतिस्पर्धामा छोरी उत्साहित र विश्सस्त छे।’ आफ्नो देश चिनाउन छोरीले निकै मेहनत गरेकोमा उनले खुसी व्यक्त गरे। ‘शृंखला मिस वर्ल्ड बनोस् भन्ने चाहना परिवार मात्र होइन, सबै नेपालीको हो’, विरोधले भने, ‘मिस वर्ल्ड ब्युटी विथ ब्रेनको प्रतिस्पर्धा हो। यी दुवैमा छोरी अब्बल छ।’

SUBSCRIBE 👉