डिभोर्स भएको ४ वर्षपछि ऋतिक र सुजैनको यस्तो प्रेम


बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो। नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ। तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ। यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ। बलिउडमा सुजैन र ऋतिक फेरि मिल्ने चर्चा समेत चल्ने गरेको छ।

हालै मात्र ऋतिकले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै सुजैनप्रतिको प्रेम पोखेका छन्। उनले लेखेका छन्–‘मेरो सबैभन्दा राम्रो साथी तथा पूर्व पत्नी सुजैन अहिले मेरो वच्चाको तस्बिर खिचिरहेकी छिन्। यो आफैमा एउटा याद गर्ने समय हो जसले हाम्रा बच्चाहरुलाई लाइन र आइडियाको यो दुनियाँमा एकैसाथ बस्नु त्यती गाह्रो काम होइन भनेर सिकाउँछ।’

ऋतिकले अगाडि लेखेका छन्–‘यहाँबाट नै एउटा यस्तो दुनियाँको सुरुवात हुन्छ, जहाँ प्रेमले सबैलाई जोडेर राखेको हुन्छ। जहाँ सबै जना बहादुर छन्, स्वतन्त्र छन् र यो कुराको सुरुवात तपाइको घरबाट सुरु हुन्छ।’ ऋतिकले आफ्नी पूर्व पत्नी सुजैनले समुन्द्रको छालमा आफ्नो र २ सन्तानको तस्बिर खिचिरहेको तस्बिर शेयर गर्दै मनको कुरा व्यक्त गरेका हुन्।

SUBSCRIBE 👉