आशिरमान र शिल्पाको लिपलक: ‘द ब्रेकअप’को ‘हरपल’ गीत रिलिज

हेमराज बिसी निर्देशित फिल्म ‘द ब्रेक अप’ को दोस्रो गीत रिलिज भएको छ। ‘हरपल’ बोलको भिडियोमा आशिरमान र शिल्पाको रोमान्टिक दृश्यहरु शमाबेश गरिएको छ। फिल्मले दर्शकलाई नयाँ प्रेमको दुनियाँमा लैजाने निर्देशकको दाबी।


आशिरमान देशराज जोशी र शिल्पा मास्के अभिनित इलम ‘द ब्रेक अप’ को दोश्र गीत रिलिज गरिएको छ। अष्ट्रेलियामा छायांकन गरिएको ‘हरपल’ बोल रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिरमान र शिल्पाले खुलेरै लिपलक किस सिन दिएका छन्। लगातार १५ सेकेन्ड भन्दा बढी लामो यो दृश्यले तपाईलाई पक्कै पनि रोमान्चित बनाउने छ।

द ब्रेकअपको हरपल गीत यहाँ क्लिक गर्नुहोस्

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘द ब्रेकअप’मा आशिरमान र शिल्पा सँगै रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनालको पनि मुख्य भूमिका छ। हेमराज वीसीको कथा, पटकथा तथा निर्देेशन रहेको यो फिल्मले दर्शकलाई नयाँ प्रेमको दुनियाँमा लैजाने दाबी निर्देशकको छ।

विराज गौतमको स्वर र संगीत रहेको गीतमा प्रकाश मल्लको शब्द छ। फिल्ममा रुपक थापा, दिपक खतिवडा, रेनु राना, हेमराज वीसीको लगानी छ। नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो गीतको मेकिङ आकर्षक छ।

SUBSCRIBE 👉