महजोडी शम्भुजीतलाई लाइफटाइम एचिभमेन्ट अवार्ड सम्मान


चौथो संस्करणको ‘लक्स कामना फिल्मस् अवार्ड्स–२०७’ मा जनप्रिय संगीतकार शम्भुजीत बासकोटा र लोकप्रिय हास्यव्यंग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी)ले ‘कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५) बाट सम्मानित गरिएको छ।

नेपाली चलचित्र क्षेत्रमा लगातार साढे तीन दशकदेखि योगदान दिएर ३ सयभन्दा बढी चलचित्रको संगीत सिर्जनासहित हजारौं लोक, आधुनिक, पप, राष्ट्रिय गीतमा संगीत सिर्जना गरी नेपाली संगीतको विकासमा श्रीवृद्धि गरेको भन्दै अग्रज संगीतकार शम्भुजीतलाई कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरिएको कार्यक्रममा बताइयो।

यस्तै, लगातार साढे तीन दशकदेखि नेपाली चलचित्र, टेलीचलचित्र, नाट्य, प्रहसनजस्ता क्षेत्रमा निरन्तर अभिनयसँगै लेखन तथा समाजिक कार्यक्रममा पु¥याएको अतुलनीय योगदानको कदरस्वरूप अग्रज कलाकारद्वय मह जोडीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको कार्यक्रममा जानकारी गराइयो।

SUBSCRIBE 👉