कामना फिल्म अवार्डस्ः मिलन चाम्सको ‘लिलिबिली’लाई सर्वाधिक ५ विधामा अवार्ड


कामना फिल्म अवार्डस् २०७५ भव्य रुपमा सम्पन्न भएको छ। सिने मासिक कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो। कार्यक्रममा प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा अवार्ड प्रदान गरिएको थियो।

अवार्ड समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र लीलीबीलीले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नवअभिनेत्री, पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक ५ विधाको अवार्ड चुमेको छ। ‘लिलीबिली’बाट सर्वोत्कृष्ट चलचित्र अवार्ड, सर्वोत्कृष्ट निर्देशक अवार्ड मिलन चाम्स, सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड जसिता गुरुङ, सर्वोत्कृष्ट ध्वनि मिश्रण अवार्ड मुकेश शाह र सर्वोत्कृष्ट पाश्र्व संगीत अवार्ड एलिस कार्कीलाई प्रदान गरियो।

१३ विधाको मनोनयनमा परेको चलचित्र कृबाट अनमोल केसीले यस वर्षको सर्वोत्कृष्ट अभिनेता तथा ब्लाइन्ड रक्सबाट वेनिषा हमालले अभिनेत्रीको अवार्ड चमेका छन्। कृले ३ विधाको अवार्डलाई आफ्नो बनाएको छ।

१५ विधाको मनोनयनमा परेको छक्का पञ्जा २ बाट वर्षा राउत सर्वोत्कृष्ट सह अभिनेत्री ठहरिइन् भने ग्यांगस्टार ब्लुजबाट आशिरमान देशरमज जोशी श्रेष्ठ नवअभिनेताको अवार्ड विजेता बने। ४ विधाको मनोनयनमा परेको चलचित्र दुई रुपियाबाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड चुमे। विराजले कमना फिल्म अवार्डमा लगातार चौथो वर्ष अवार्ड जितेका हुन्।

अभिनेत्रीहरूबीच प्रतिस्पर्धा हुने‘लक्स स्टार अफ द इयर’को अवार्ड अभिनेत्री प्रियंका कार्कीले हासिल गरिन् ।

यस पटक जुरी अवार्ड फिल्म भुईंमान्छेलाई प्रदान गरियो भने अभिनेताद्धय सुनिल थापा र रमेश बुढाथोकीलाई स्पेशल मेन्शन अवार्डबाट पुरस्कृत गरिएको छ। सिजी क्रिटिक्स अवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा र रगंमञ्चतर्फ विरेन्द्र हमाललाई प्रदान गरियो।

अवार्ड समारोहको शुरुमै हास्यव्यग्य कला मार्फत योगदान पु¥याएको हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पर्दापछाडिको कलाकारतर्फ संगीतकार शम्भुुजित बास्कोटालाई कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मान गरिएको थियो। उक्त समारोहमा मह जोडी र बास्कोटालाई १÷१ लाख रुपियाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा मनोरञ्जक प्रस्तुति अन्र्तगत कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानितहरुको सम्मानमा पालैपालो विभिन्न कलाकारहरुले उनीहरु सम्बद्व गीत संगीत प्रत्यक्ष वाद्यवादनमा प्रस्तुत गरेका थिए भने अभिनेता तथा रंगकर्मीद्वय सरोज खनाल र वीरेन्द्र हमालले मार्किक प्रस्तुति प्रस्तुत गरेर सबैको मन जितेका थिए।

त्यसै गरी कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफीमा प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका लोकप्रिय नायक नायिका प्रदीप खड्का र जसिता गुरुङसम्मले विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरी सरप्र्राइज दिएका थिए। नायक नायिका सरोज खनाल र गौरी मल्ल तथा प्रदीप खड्का र केकी अधिकारीको रोमाञ्चक कार्यक्रम प्रस्तुति समारोहको अर्को आकर्षक पक्ष बन्यो।

SUBSCRIBE 👉