रोमान्टिक अवतारमा आशिष र रेवती: ‘समर लभ’को गीत ‘साया’ रिलिज


फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्म निर्माण टिमले प्रचार प्रसारलाई तीब्र बनाउदै फिल्मको पहिलो गीत रिलिज गरेको छ। सुबिन भट्टराईको चर्चित उपन्यास माथि बनेको फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज गरिएको हो। सार्वजनिक ‘साया’ बोलको गीतमा स्वर, शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ। गायनमा पुष्पनलाई बानिका प्रधानले साथ दिएकी छन्।

विदेशको मनोरम पृष्ठभूमिमा खिचिएको भिडियोमा फिल्मका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन्। गीतमा आशिष र रेवतीको रोमान्टिक अवतार देख्न सकिन्छ। भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

समर लभ’को गीत ‘साया’ हेर्न यहाँ क्लिक गर्नुहोस्

यो फिल्म प्रेमदिवसको अवसर पारेर माघ २५ गतेबाट रिलिज हुने यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्। फिल्ममा सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ। आशिष र रेवतीले यसै फिल्मबाट डेब्यु गर्दै छन्।

सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्। फिल्ममा सुविन र सामीप्यको संवाद सुन्न सकिन्छ। ‘नाइटिंगेल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता हुन्। सञ्जय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉