‘सिम्बा’ ट्रेलर: भ्रष्ट पुलिसको भूमिकामा देखिए रणवीर


रणवीर सिंह अभिनित पछिलो फिल्म ‘सिम्बा’को ट्रेलर रिलिज भएको छ। फर्मूला एक्सन ड्रामा फिल्मको ट्रेलरमा अभिनेता सिंहलाई एक भ्रष्ट प्रहरी अधिकारीको भूमिकामा देखाइएको छ। फिल्ममा रणवीरको जोडी सारा अलि खान बनेकी छिन्। यसैगरी सोनु सुद फिल्ममा प्रमूख खलनायकको रूपमा देखिएका छन्। ट्रेलरमा अजय देवगनलाई विशेष भूमिकामा देखाईएको छ।

यो फिल्म २०१५ मा तेलेगु फिल्म ‘टेम्पर’को आधिकारिक हिन्दी रीमेक हो। ‘सिम्बा’ रणवीर र निर्देशक रोहितको पहिलो फिल्म सहकार्य हो। यसअघि दुबैले एक विज्ञापनका लागि सहकार्य गरेका थिए। फिल्मलाई रोहितले करण जोहर तथा अपूर्व मेहतासँग मिलेर संयूक्तरूपमा निर्माण गरेका हुन्।

चलचित्रमा सिंघमको जस्तै संवाद र सिन रहेको छ। यो फिल्म २८ डिसेम्बरमा रिलिज हुनेछ।

SUBSCRIBE 👉