रणवीर संग बिवाह गरे लगत्तै भन्सालीको प्रोजेक्टबाट किन हटाईयो दीपिकाको नाम?


शाहरुख खान र सलमान खानका साथ फिल्म बनाउने योजना बनाइरहेका छन् – निर्देशक सञ्जय लीला भन्साली। खबरहरुका अनुसार भन्सालीको बिग बजेटमा निर्माण हुन लागेको उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फि ल्म ‘सौदागर’ को कहानी जस्तै हुनेछ । जसमा सलमान खान र शाहरुख खान साथी साथीको भूमिका निर्वाह गर्नेछन्। जुन मित्रता पछि दुश्मनीमा बदलिन्छ।

सलमान र शाहरुख हुने यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण रहने बताइएको थियो। खबरले अभिनेत्री दीपिका पादुकोण पनि निकै खुशी भएकी थिइन्। तर अहिले सार्वजनिक खबरअनुसार दीपिकाको उक्त खुशी केहि दिनका लागि मात्र रह्यो। किनकि भन्सालीको उक्त फिल्मबाट दीपिकाको नाम हटाइ फिल्म निर्माताले अभिनेत्री अनुष्का शर्मालाई अफर गरेका छन्।

यसरी दीपिकालाई फिल्मबाट हटाउनुलाई सलमान र दीपिका बिचको सम्बधसँग जोडेर खबरहरु सार्वजनिक भएका छन। सलमान खानले यसअघि दीपिका पादुकोणलाई धेरै पटक फिल्ममा काम गर्ने अफर गर्दै आएका थिए। तर दीपिकाले सलमान खानको उक्त अफरलाई पटक पटक अस्वीकार गर्दै आइरहेकी थिइन्।

सलमान खान स्वयम दीपिकालाई बलिउड फिल्म उद्योगमा डेब्यु गराउन चाहन्थे तर दीपिकाले डेब्यूको लागि अभिनेता शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ लाई चुनिन्। दीपिका र कट्रीना कैफ बिचको मनमुटावको कुरा समेत सलमानलाई चित्त बुझेको थियन। यी सब कुराका कारण हो वा अन्य अरु नै कारण दीपिका पादुकोणले भने भन्सालीको फिल्ममा काम गर्ने मौका गुमाइसकेकी छिन्। अब अनुष्का शर्माले उक्त अफरलाई स्वीकार गर्लिन् वा नग र्लिन् त्याे भने केही दिनमा थाहा हुनेछ।

SUBSCRIBE 👉