‘जिरो’को ‘इशकवाजी’: कम्मर मर्काउदै साहरुख र सलमानको जोडी


रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘जिरो’को अर्को धमाकेदार गीत रिलिज भएको छ। ‘इशकवाजी’ बोलको गीत युटुबमा रिलिज भएसँगै यसले हंगामा मच्चाएको छ। यो गीत विशेष हुनुको मुख्य कारण यसमा अभिनय गरेका दुई बलिउड स्टार हुन्। गीतमा फिल्मका मुख्य नायक साहरुख खान र केमियो भूमिकामा रहेका सलमान खानले संगै कम्मर मर्काएको हेर्न सकिन्छ।

‘जिरो’को ‘इशकवाजी’ बोलको गीत हेर्न यहाँ क्लिक गर्नुस्

साहरुख र सलमानको जोडीका कारण पनि दर्शककालागि यो गीत विशेष बनेको छ। यसअघि ‘कुछ कुछ होता हे’ र ‘करण अर्जुन’ मा सलमान र साहरुख संगै देखिएका थिय।

शाहरुख खानको ‘जीरो’को नयाँ टिजर हेर्न यहाँ क्लिक गर्नुस

गीतमा अजय-अतुलको संगीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको स्वर सुन्न सकिन्छ। आनन्द एल राइको निर्देशनमा तयार भएको यो फिल्ममा कट्रिना कैफ र अनुष्का शर्मा को पनि अभिनय छ। गौरी खानले लगानी गरेको यो फिल्म २०१८ डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ।

यसैविच, चलचित्र ‘जिरो’को ट्रेलरले युटुबमा सर्वाधिक चाडो १० करोड भ्यूज बटुलेर नयाँ रेकर्ड राखेको छ।

‘जिरो’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुस्

SUBSCRIBE 👉