प्रियंकाको जवानीमा संयमका आँखा


priyanka-karki-ho-in-punte-paradeग्ल्यामर नेपाल, काठमाडौं । शिक्षक शिक्षिका विद्यार्थीका लागि भगवान सरह हुन्। उनीहरुले दिएकै शिक्षाले विद्यार्थीले आफ्नो भविष्यको उज्यालो पाटो कोर्न सक्छ। तर त्यही शिक्षिकाको रुप देखेर प्रभावित भएका विद्यार्थीले शिक्षिकासँगै नाँचेको देख्दा हेर्नेलाई कस्तो अनुभव होला। आगामी साउन २ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘पुन्टे परेड’मा पनि यस्तै दृश्य देख्न पाइनेछ।

भर्खरै एसएलएसी पास गरेर कलेज पढ्न पुगेका फिल्मका ‘पुन्टे’ संयम पुरी साथीसँग एक डिस्कोमा पुग्दा त्यहाँकी नर्तकीलाई देखेर कलेजकी शिक्षिका प्रियंका कार्कीलाई सम्झन पुग्छन्। उनले सम्झन नपाउँदै स्टेजमा देखिएकी प्रियंकाले बाडुली कम्मर मर्काएर छातीलाई तन्काउँदै नाँच्दा पुन्टेले पनि आफु प्रियंकासँगै नाँचेको सम्झन्छ। हालै सार्वजनिक गरिएको फिल्मको ‘कक्टेल जवानी’ बोलको गीतमा नायिका प्रियंकालाई देख्न सकिन्छ। उक्त गीतको कोरियोग्राफि प्रियंका स्वयम् आफैले गरेकी हुन्।

हरि महतले निर्माण गरेको फिल्मका निर्देशक सुवास कोइराला हुन्। फिल्ममा संयमबाहेक एन्जिला दाहाल, निलु डोल्मा शेर्पा, नाजिर हुसेनलगायतको अभिनय रहेको छ।

priyanka-karki-and-samyam-puri-video-image

SUBSCRIBE 👉