अनमोल र उपसनाको रोमान्स: ‘क्याप्टेन’को गीत ‘रहर छ सँगै’


अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको पहिलो गीत राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ। अन्जु पन्त र सुगम पोखरेलले स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ।

भिडियोमा अनमोल र नायिका उपसना सिंह ठकुरी फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा देखाइएको छ। कविराज गहतराजको करियोग्राफीमा तयार भएको भिडियो आकर्षक छ।

अनमोल र उपसनाको रोमान्स रहेको गीत ‘रहर छ सँगै’ हेर्न यहाँ क्लिक गर्नुहोस्

फागुन १७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा अनमोल र उपसनासँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत, राजाम पोखरेल, प्रियंका एमबी चेरी लगायतको मुख्य भूमिका छ।

भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। फुटबल खेलाडीको कथामा निर्माण भएको यो फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन्।

SUBSCRIBE 👉