संगीत सुनेपछि फुर्यो ‘यो कथा हो तिम्रो मेरो’


yo-katha-ho-timro-mero

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म लेखक तथा निर्देशक ओम प्रतिकले अहिलेसम्म करिब दुई दर्जन बढी फिल्म लेखे तर उनले कहिल्यै पनि लेख्नु अघि संगीत सुनेका थिएनन्। आफ्नै शैली र मुडमा उनी कथा लेख्थे, त्यो कथाका आधारमा फिल्मको संगीत बनाईन्थ्यो। तर आफैले लेखन र निर्देशन गरेको फिल्म ‘यो कथा हो तिम्रो मेरो’मा चाहिँ उनले ठिक्क उल्टो काम गरे। अर्थात, पहिला संगीत सुने अनि त्यसै अनुसार कथा लेखे।

फिल्म ‘चेली’बाट कथा र ‘ढुकढुकी’बाट पटकथा तथा संवाद लेख्न थालेका ओम ‘यो कथा हो तिम्रो मेरो’को अडियो विमोचन कार्यक्रममा मंगलबार नौलो अनुभव साटिरहेका थिए। ‘कुनै पनि गीत संगीत सुनेर फिल्मको कथा लेखेको यो मेरो पहिलो अनुभव हो,’ आगामी भदौ १३ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्मका निर्देशक भन्दैथिए,‘यो फिल्मले सामाजिक, सांस्कृतिक र प्रेमका कुरा गर्नेछ।’

द फ्रेम क्रियशन प्रा.लि.को व्यानरमा रमेश प्रजापतिले निर्माण गरेको फिल्ममा विकास चौधरीको संगीत रहेको छ। फिल्ममा ‘सक्दिन म आकाशलाई छुन’, ‘बब्ली तोरो जोवन’, ‘टुट्यो मुटु छुट्यो साथ’ र ‘पल पल हरेक पल’ बोलका गीत छन्। दीपक लिम्बु, प्रविशा अधिकारी, रजनी रिमाल, राजेशपायल राई, मनिषा पोखरेल र शिव परियारको स्वर रहेको फिल्मका गीतमा गणेश सुवेदी, रवि कार्की र शंकर अधिकारी ‘घायल’को शब्द रहेको छ।

सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी र ओम प्रतिकले अभिनय गरेको फिल्ममा गोविन्द प्रभात, नारायण रिजाल र अनिल कोइरालाको नृत्य, बनिष शाहको सम्पादन, सुरेश बज्राचार्यको छायांकन, रामेशकुमार राईको कथा र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ।

चलचित्रमा समाबेश ‘बब्ली तोरो जोवन’ आइटम भिडियो गित हेर्नुहोस्

yo-katha-ho-timro-mero-item-song-iamge

SUBSCRIBE 👉