‘रेडियो अन्नपूर्ण नेपाल’ द्धारा ‘सेलिब्रेटी अफ द मन्थ’ गायक प्रल्हाद तिमल्सिना सम्मानित


रेडियो अन्नपूर्ण नेपालले लोकप्रिय गायक प्रल्हाद तिमल्सिनालाई सम्मान गरेको छ। रेडियो अन्नपूर्ण नेपालको ‘सेलिब्रेटी अफ द मन्थ’ कार्यक्रम अन्तर्गत मंसिर महिनाका अतिथि गायक तिमल्सिनालाई सम्मान गरेको हो। वरिष्ठ संगीतकर्मी आलोकश्री र एपी वान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्रीले सम्मान स्वरूप ताम्रपत्र प्रदान गर्दै गायक तिमल्सिनालाई सम्मानीत गरेका हुन्। रेडियोले महिनाभर गायक तिमल्सिनाको बारेमा जानकारी दिदै उनका गीतहरुलाइ बिशेष प्राथमिकताका साथ प्रसारण गरेको थियो।

रेडियो अन्नपूर्ण नेपालले ‘सेलिब्रेटी अफ द मन्थ कार्यक्रम’का माध्यमबाट हरेक महिना एक जना कला, साहित्य र संगीतका साधकलाई सम्मान गर्ने कार्य शुरु गरेको छ। महिनाको अन्तिम दिन ‘सेलिब्रेटी अफ दि मन्थ’का अतिथिलाई ताम्रपत्र सहित सम्मान गर्ने जानकारी स्टेशन म्यानेजर ठाकुर बेलवासेले दिए।

गायक तिमल्सिनालाई सम्मान गर्दै एपी वान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्रीले सष्टा, सृजना तथा संचारमाध्यम त्रिवेणी भएको बताए। कार्यक्रममा उपस्थित वरिष्ठ संगितकार आलोकश्रीले रेडियो अन्नपूर्ण नेपालले सष्टाहरुको सम्मान मात्र नभएर कलाकारको इज्जत गरेको उल्लेख गरे।

सम्मानपछि रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै गायक प्रल्हाद तिमल्सिनाले धेरै खुडकिलो अगाडि बढने हौसला मिलेको बताए।

प्रह्लाद तिमल्सिनाको नयाँ म्युजिक भिडियो – थोत्रो रेडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रत्यक मंगलबार प्रशारण हुने ‘सेलिब्रेटी अफ द मन्थ’ कार्यक्रमका संचालक दयाराम घिमिरेले यस्ता कार्यक्रमले अतिथिका जीवनका अनेकन पक्षको उजागर गर्न सकिने उल्लेख बताए ।

पुष महिनाको ‘सेलिब्रेटी अफ द मन्थ’ नेपाली चलचित्र तथा रंगमञ्चको क्षेत्रका अभिनेता सरोज खनाल रहने छन्।

SUBSCRIBE 👉